विदेशबाट मगाइएको युरिया मल आयो

विराटनगर– विदेशबाट मगाइएको युरिया मल विराटनगर आउन सुरु भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ५ हजार ६ सय मेट्रिक टन युरिया मल मध्ये हिजो ३० मेट्रिक टन युरिया मल विराटनगर भन्सार कार्यालय भएर विराटनगर आइपुगेको हो । आइतबारदेखि सम्बन्धित सहकारीहरुमार्फत युरिया मल बाँड्न सुरु गरिने साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरका प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

लकडाउनका कारण कलकत्ताबाट मल आउन ढिलाई भएको हो । युरिया मल अभाव भएकाले धान रोपेको करिब एक महिना पछि भने कृषकहरुले युरिया मल छर्न पाउने भएका छन् ।

यसैबीच, रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा कर्पोरेशन जुटेको छ ।

कार्यालयमा ३० मेट्रिक टन युरिया मल प्राप्त भइसकेको र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया मल प्राप्त हुने भएकोले मल वितरण गर्न लागिएको कर्पोरेशनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.