नेकपा कार्यदलले संयुक्तरुपमा अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

काठमाडौं– पार्टी विवाद समाधानका उपाय सुझाउन गठिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले प्रतिवेदन बुझाएको छ ।

साउन ३० गते गठित कार्यदलले सर्वसम्मतरुपमा तयार पारेको प्रतिवेदन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक नै अनिर्णीत भइरहँदा दुई अध्यक्षले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलमा पौडेलसहित भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भूसाल सदस्य हुनुहुन्छ ।

आन्तरिक समस्याको सकारात्मक समाधान खोज्ने, एकतालाई अक्षुण राख्दै नेपाली जनताको जनादेशअनुसार प्रभावकारीरुपमा अगाडि बढ्ने उपाय सुझाउन कार्यदल गठन भएको थियो ।

नेकपा सचिवालयले बैठकले दुई जना अध्यक्षले बनाएको कार्यदललाई अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.