बागमती प्रदेशको प्रादेशिक प्रयोगशाला धुलिखेलमा

काभ्रे- जिल्लाको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोनासँगै अन्य प्रकारका रोगहरुको पहिचान र परीक्षण गर्ने उद्देश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको हो ।

बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको सामाजिक विकास मन्त्री युवराज दुलालले अन्य ल्याबहरुले परीक्षण र पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परीक्षण हुने बताउनुभयो । उहाँले कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परीक्षणले नागरिकहरुलाई थप सहज बनाउने बताउनु भयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकाका निर्देशक नारायण कार्कीले प्रदेश स्तरका सबै प्रकारका परिक्षण गर्ने र अन्य प्रयोगशालाले पहिचान गर्न नसक्ने खालका रोगहरु समेत यहि ल्याबबाट परिक्षण हुने बताउनु भयो । बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौंडामा भए पनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको मन्त्री दुलालले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले प्रयोगशाला व्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ । उत प्रयोगशालामा दैनीक एक हजार स्वाब परीक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.