भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि

भोजपुर- यहाँ तीन जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् ।

यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उहाँहरुलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका-६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पिसीआर परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताउनुभयो ।

यही भदौ ३ गते उहाँह सहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र जिल्लामा अग्रपङ्क्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, बिदामा गएर फर्किएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । –

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.