१२ वर्ष माथिको उमेरका सबैलाई मास्क अनिवार्य लगाउन विश्व स्वास्थ्य संगठनको निर्देशन

काठमाडौं- विश्व स्वास्थ्य संगठनले निर्देशिका जारी गर्दै १२ वर्षभन्दा माथिका बालबालिका देखि सबैले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने जनाएको छ ।

बयस्कहरुले जस्तै १३ वर्ष माथिका किरोर उमेरका बालबालिकाले अन्य व्यक्तिलाई भाइरस सार्न सक्ने प्रमाणित भएको भन्दै मास्क लगाउन अनिवार्य गरेको हो । पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाले सामान्य रुपमा मास्क लगाउन नसक्ने डब्लुएचओको भनाई छ ।

विश्वमा कोरोना भाइरसको संक्रमणकै कारण ८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वमा वितेको २४ घन्टामा मात्रै २ लाख ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख नाघेको छ । भारत, अमेरिका र ब्राजिल सबैभन्दा बढी प्रभावित छन् ।

कोरोना संक्रमणका कारण विश्वमै पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

अमेरिका र ब्राजिलको दैनिक संक्रमण दर केही घटेको छ । लक्षण विहिन संक्रमित र परीक्षणको सीमित दायराका कारण वास्तविकभन्दा निकै कम मात्रै संक्रमितहरुको संख्या बाहिर आएको जनाइएको छ । पछिल्लो समय दक्षिण कोरिया, युरोपेली राष्ट्रहरु र लेबनानमा पुनः संक्रमण फैलिरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.