पर्सामा कोरोना संक्रमित एक महिलाको मृत्यु

पर्सा- पर्सामा कोरोना संक्रमित एकजना ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नं.११ निवासी ५६ वर्षीय महिलाको नारायणी अस्पतालको अस्थायि कोभिड उपचार केन्द्र वीरगन्ज हेल्थकयेरमा हिजो साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेकी महिलाको साउन २२ गते स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा साउन २४ गते रिर्पोट पोजेटिभ आएपछि उनलाई सोही दिन अस्थायी कोभिड उपचार केन्द्र हेल्थकेयरको आइसियुमा भर्ना गरी उपचार हुँदै आएको थियो

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ भने, जम्मा संक्रमितको संख्या एक हजार ७ सय ९० जना पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.