चितुवासँग लडेर बालकलाई बचाउने हरिबहादुर

लमजुङ- लमजुङको बेशिसहर नगर पालिका -९ स्थित साम्दी थापा गाउँमा आज बिहानै ६ बजे चितुवा पस्यो । चितुवाले एकाकए एकजना बालकमाथि आक्रमण गर्न खोजेपछि त्यहाँ तनाव उत्पन्न भयो । चितुवाले बालकलाई आक्रमण गर्नासाथ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरे । अनि थापा र चितुवाबीच केही समय झडप भयो । साहसका साथ चितुवासँग लडेका थापाले अन्तत: चितुवालाई पराजित गरे र चितुवा घटनास्थलमा नै मर्‍यो ।

बालकमाथि आक्रमण गर्ने चितुवा

चितुवासँग लडेका थापा भने घाइते भएका छन । अहिले घाइते थापाको प्ररम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.