प्लाष्टिकका झोला र पैसाबाट सावधान ! (भिडियो रिपोर्ट)

पर्सामा प्लाष्टिकको झोला र पैसाबाट संक्रमण फैलेको चिकित्सको दावी

पर्सा- कोरोना संक्रमणलाई समुदाय स्तरमा फैलाउन प्लास्टिकको झोलाले ठूलो भूमिका खेलिरहेको तथ्य प्रकाशमा आएको छ । सावधानीका उपाय नअपनाई तरकारी लगायत दैनिक उपभोग्य बस्तु विक्री गर्न प्रयोग गरिएका झोलाले संक्रमण फैलाउन मद्दत पुर्‍याइरहेको चिकित्सकहरुले बताएका छन् ।

पर्सा जिल्लाको सदरमुकाम वीरगन्ज र ग्रामिण भेगका टोलबस्तीमा तरकारी लगायतका दैनिक उपभोग्य बस्तु खरिद-विक्री गर्न प्रयोग भइरहेका नगद तथा प्लास्टिकका झोलाले संक्रमणलाई घरभित्र पुर्‍याउने काम गरिरहेको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।
उहाँले पञ्जा नलगाउने र सेनिटाइजर लगायत संक्रमणबाट जोगिने सावधानीका उपाय नअपनाई बस्तुको खरिद विक्रीमा प्रयोग भएका नगद तथा प्लास्टिकका झोलाले कोरोना संक्रमणलाई बढाउने काम गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले समेत पूस्टि गरेको जानकारी दिनुभयो।
निषेधाज्ञाका बाबजुद ग्रामिण बस्तीमा लाग्ने तरकारी बजार र त्यहाँ हुने असुरक्षित लेनदेनले ग्रामिण भेगमा संक्रमितको संख्यालाई बढाएको डा सिंहले जानकारी दिनुभयो । उहाँले असुरक्षित कारोवार कै कारण ग्रामिण भेगको एक नगरपालिकाबाट एकै दिन ९० जनासम्म संक्रमित भेटिएको तथ्य पनि सुनाउनुभयो । पर्साको सदरमुकाम वीरगन्जभन्दा जिल्लाको ग्रामिण भेगमा संक्रमितको संख्या बढिरहेकाले परिक्षणकोले दायरालाई ग्रामिण भेगमा बढाउन जरुरी रहेको डा सिंहको भनाइ छ ।

डा उदयनारायण सिंह

पर्सा जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९० र कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । दैनिक उपभोग्य बस्तुको खरिद विक्रीमा सावधानी नअपनाए आउने दिनमा संक्रमितको संख्या ह्वात्तै बढ्दै जाने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.