अस्पताल भवन निर्माणमा खटिएका मजदुरलाई कोरोना, कोरोनाको खबर लगत्तै ठेकेदार बेपत्ता (भिडियोसहित)

बागलुङ– ठेकेदार कम्पनी बेपत्ता हुँदा धौलागिरी अस्पताल बागलुङको सि ब्लकमा काम गर्ने मजदुरहरूको बिचल्ली भएको छ । महोत्तरीबाट बागलुङ ल्याइएको १८ जना मजदुरको विचल्ली भएको हो ।

अस्पतालको भवन निर्माणको जिम्मा लिएका आशिष, मिलिनियम र भीमज्योति गरी ३ वटा निर्माण कम्पनीले ल्याएका मजदुर निर्माण कम्पनीको गैरजिम्मेवारीको कारण अलपत्र परेको हुन् । भवन निर्माणका लागि साउन १३ गते महोत्तरीबाट आएका १८ जना मध्ये १४ जनामा कोरोना सक्रमण भएपछि उनीहरु धौलागिरी अस्पतालको आइसोलेशनमा बसेर उपचार गरेका थिए ।

कोरोना निको भएपछि काममा फर्किए पनि ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरुको विचल्ली भएको हो । ठेकेदार सम्पर्कमा नआउँदा मजदुरलाई संकट परेको छ ।

ठेकेदारले भने फोनबाट ‘आफ्नो बाटो लाग्नू’ भनेर जवाफ दिएको मजदुर नाइके लालबाबु राउतले जानकारी दिनुभयो ।

सरकारले गरेको लकडाउनबीच उनिहरु बागलुङ आएका थिए ।

ठेकेदारको लापरबाहीका कारण उक्त भवन निर्माण सुरु गरेको १३ वर्षमा पनि सकिएको छैन ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले भने मजदुर अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

आशिष, मिलिनियम र भीमज्योतिले ११ करोड ३५ लाखमा रुपैयाँमा ठेक्का लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.