स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु : सिडियो (भिडियोसहित)

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिनुभएको छ ।

स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिनुभएको हो । ‘सोच्न पनि नसकिने महाअपराध गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

आवतजावत रोकेर संक्रमण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएको भन्दै दाहालले सहयोग गर्न नागरिकलाई अपिल गर्नुभयो ।

स्वास्थ्यकर्मी राखिएको होस्टेल घेराउ गरेर मनोबन गिराउने बानेश्वरका स्थानीयलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आइतबार नै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.