काठमाडौं उपत्यकामा पसल खोल्ने समय

काठमाडौं- काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले बेग्लाबेग्लै स्पष्टीकरण सूचना प्रकाशित गरी पसल खोल्ने समय तोकेका छन् ।

औषधिपानी र स्वास्थ्य सामग्रीका पसल जुनसुकै समयमा निर्बाध खोल्न सकिने र अत्यावश्यक खाद्यवस्तुमध्ये खाद्य वस्तु¸दुग्धजन्य पदार्थ¸फलफूल तरकारी माछामासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा नौ बजेसम्म खोल्न सकिने भएको छ ।

तर ती ३ वटै जल्ला प्रशासनले के शर्त राखेका छन् भने त्यसरी पसल व्यवसाय गर्दा र किनमेल गर्दा अनिवार्य रुपमा सामाजिक र भौतिक दूरी कायम राख्ने¸मास्क र स्यानिटाइजर प्रयोग गर्ने लगायत नेपाल सरकारले तोकेका स्वास्स्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.