अमेरिकामा प्लाज्मा थेरापी सम्वन्धी व्यवस्थाका लागि अनुमति

काठमाडौं- कोभिड-१९ संक्रमितलाई संक्रमण जितेका व्यक्तिको शरीरबाट निकालिएका प्लाज्मा दिएर उपचार गर्ने सम्वन्धी व्यवस्था कार्यान्वयनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिनुभएको छ ।

स्वास्थ्य सम्वन्धी आपतकालिन निर्णय घोषणा गर्नुहुँदै राष्ट्रपति ट्रम्पले अमेरिकामा प्लाज्माको प्रयोगबाट उपचार शुरु गर्न सकिने बताउनुभएको हो ।

राजनीतिक आडमा कोरोनाभाइरसको खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेको भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना भइरहेका बेला राष्ट्रपति ट्रम्पको नयाँ घोषणा आएको हो ।

कोरोना जितेका व्यक्तिहरुको प्लाज्मा संक्रमितलाई दिएर रोग विरुद्धको प्रतिरक्षात्मक क्षमता बढाउने यो उपचार विधी कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको भएपनि अझै यसकै प्रभावकारीता भने पुष्टि भएको छैन ।

त्यसैले अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रयाट दलका उम्मेदवारको चुनावी प्रचारको अघिल्लो दिन नै पारेर भएको घोषणाले प्रचार अभियानलाई प्रभावित पार्न खोजिएको आरोप पनि केहीले लगाएका छन् ।

तर राष्ट्रपति ट्रम्पले भने उपचारको यो विधी नयाँ सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । अमेरिकामा विश्वमै धेरै ५८ लाख ७४ हजार भन्दा मानिसहरुलाई भाइरसको संक्रमण भइसकेको छ । यी मध्ये १ लाख ८० हजार जना भन्दा बढीको मृत्यु पनि भइसकेको छ ।

अमेरिका पछि बढी प्रभावित मुलुकहरुमा ब्राजिल र भारत छन् । यी मुलुकमा पनि ३० लाख बढी मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा भने भारतमा संक्रमितको संख्या केहि घटेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.