स्याफ्रुबेंसी सडक अबरुद्ध

रसुवा- गएराति परेको अबिरल बर्षाका कारण रसुवागढी–स्याफ्रुबेंसी सडक खण्ड अन्तर्गत तातोपानी क्षेत्रमा सडक अबरुद्ध भएको छ ।

एक साता अघिबाट दिनहूँ जसो परेको पानीले कलाङकुलुङ, लिङलिङ, घट्टेखोला,तातोपानी लगायतका स्थानमा पहिरो गई सडक अबरुद्ध भएको छ । पहिरोले रसुवागढी–स्याफ्रुबेंसी सडक खण्ड अवरुद्ध भएपछि रसुवागढी जलबिद्युत आयोजनाको स्काइभेटर तथा लोडरको सहयोगमा पहिरो हटाउने काम गरिरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बाउनुभयो ।

यसैगरि भारी बर्षाका कारण रसुवागढीदेखि केरुङ सम्मको चीन तर्फको २२ किलो मिटर सडकसमेत एक सातादेखि अबरुद्ध भएकोमा हिजोबाट यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

पहिरोले सडक अबरुद्ध भएपछि रसुवा भन्सारमाबाट काठमण्डौ तर्फ आउने कन्टेनर तथा यस क्षेत्रमा सञ्चालनमा रहेका निजी सवारी साधन र अत्यावश्यक सवारीहरु रोकिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.