राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चार दिने भर्चुअल परिसंवाद शुरु

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चार दिने पुनःनिर्माण परिसंवाद भर्चुअल कार्यक्रम काठमाडौंमा शुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न भर्चुवल राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परिसंवादको उद्घाटन गर्दै नेपालमा पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनु भयो ।

साथै भूकम्पमा क्षति पुगेका झण्डै ८ लाख निजी घरहरु मध्ये ६ लाख निजी घरहरुको पुनःनिर्माण सम्पन्न भएको जानकारी गराउनु भयो । यस बीचमा प्राधिकरणले जोखिममा रहेका झण्डै ५ हजार बस्ती मध्ये ३ सय वस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

आगामी बिहीबारसम्म चल्ने भर्चुवल संवादमा स्वेदश तथा विदेशका विज्ञहरुको समेत सहभागिता रहनुका साथै पुननिर्माणका क्षेत्रसँग सम्वन्धित ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन् ।

भर्चुवल परिसंवादमा नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा आवद्ध विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञहरुलाई एउटै मञ्चमा ल्याएर पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलताहरु, उपलब्धी एवं कमी कमजोरिबारे समिक्षा गरी साझा धारणा निर्माण गरिने प्रधाकिरणले जनाएको छ ।

देश बाहिरका विज्ञहरुको समेत सहभागिता रहने परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्रहरु क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.