उपत्यकामा २२४ कोरोना संक्रमित, देशभर ७ सय ४३

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार दिइएको जानकारी अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित भएका छन् । १० हजार २ सय ३४ पीसीआर परीक्षण गर्दा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.