बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

काठमाडौं- बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनका अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले आज निर्जीबन बीमा कम्पनीलाई एक परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।

समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमका लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आवको बजेटमा नै रहेको स्मरण गराएको छ । समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनका लागि कायम हुने स्पष्ट पारेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.