अफ्रिका पोलियोमुक्त घोषणा, नाइजेरिया पोलियोको संक्रमणबाट मुक्त हुने अन्तिम देश

काठमाडौं- अफ्रिका पोलियोबाट मुक्त भएको घोषणा गरिएको छ । अफ्रिका क्षेत्रीय आयोग नामक स्वतन्त्र निकायले अफ्रिकालाई पोलियोमुक्त घोषणा गरेको हो ।

पोलियोका कारण ५ वर्ष मुनीका बालबालिकामा लुलोपना तथा कतिपय अवस्थामा प्यारालाइसिससम्मको समस्या हुने गर्दछ । श्वास प्रश्वास सम्बन्धी मांशपेसीहरु प्रभावित भएमा मृत्यु नै हुनसक्छ ।

पोलियो नामक भाइरसको संक्रमणका २५ वर्ष अघिसम्म अफ्रिकामा हजारौं बालबालिका शारीरिक रुपमा अपाङ्ग बन्ने गरेका थिए । हाल यो रोग विश्वमै अफगानिस्तान र पाकिस्तानमा मात्रै पाइन्छ ।

प्रायः सबै देशहरुले पोलियो उन्मुलन गरिसकेका छन् । पोलियो लागिसकेपछि यसको कुनै पनि उपचार छैन । तर पोलियो लाग्ने नदिने खोप लगाएमा भने यसबाट बच्न सकिन्छ । अफ्रिकामा पोलियोमुक्त हुने अन्तिम देश नाइजेरिया बनेको छ ।

नाइजेरियाले पोलियोमुक्त घोषणा गरेसँगै अफ्रिका महादेश नै पोलियोमुक्त भएको हो । झण्डै आधा दशक अघिसम्म विश्वमा भएका पोलियो संक्रमित मध्ये आधाभन्दा बढी नाइजेरियामा मात्रै थिए । स्वास्थ्यकर्मीहरुले शैन्य हिंसा र धक्कीहरु सहँदै दुर्गम गाउँसम्म पुगेर पोलियोको खोप लगाएकाले पोलियोमुक्त हुन सकेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.