टेक्सस र लुजिआनामा समुद्री आँधीको खतरा
काठमाडौं- संयुक्त राज्य अमेरिकाको टेक्सस र लुजिआना राज्यमा लाउरा नामक समुद्री आँधी नजिक आएको भन्दै ती राज्यका तटीय क्षेत्रमा बसोवास गर्ने हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
आँधी क्युवाबाट शुरु भई मेक्सिको हुँदै बुधबार अमेरिकाका दुई वटै राज्यमा आइपुग्ने अनुमान गरिएको छ । सोमबार नै सो क्षेत्रमा तीव्र हावाहुरी सहित आएको भारी वर्षाका कारण थुप्रै घरहरु नष्ट हुनुका साथै २० जनाको मृत्यु भइसकेको छ ।
आँधीको पूर्वानुमानसँगै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लुजिआना राज्यमा सहयोगका लागि विपद् सम्बन्धी घोषणापत्र जारी गर्दै संघीय सहयोगको सहकार्य गर्न निर्देशन दिइसक्नु भएको छ ।
आँधीबाट प्रभावित हुने अनुमान गरिएका टेक्सस राज्यका बिमाउन्ट, ग्यालभेस्टोन र पोर्ट आर्थर शहरका ३ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । यसै गरी दक्षिण पश्चिम लुजिआना राज्यका क्यालक्यासिउ पेरिसका थप २ लाख मानिसलाई पनि अन्यत्रै स्थानान्तरण हुन भनिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्