सवारी कम चलेपनि राजमार्ग बिग्रने क्रम उस्तै

पृथ्वी राजमार्थ र त्रिभुवन राजपथको हालत खराब

धादिङ- राजधानी काठमाण्डौ प्रवेश गर्ने लाइफ लाइनको रुपमा परिचित त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको अवस्था जीर्ण र दयनीय बनेको छ ।

कोरोनाको संक्रमणका कारण सरकाले गरेको लक डाउनको अबधीमा एक पटक मर्मत सहित कालो पत्रे गरेको भएपनि सडक नराम्ररी बिग्रिएको छ ।

पृथ्वी राजमार्ग ठाँउ ठाँउमा भत्कन सुरु गरेको छ भने त्रिभुवन राजपथमा गरिएको कालो पत्रे सबै उप्कन थालेको छ ।
त्रिभुवन राजपथमा गरिएको कालो पत्रे त छ महिना पनि बित्न नपाउँदै उप्किउको छ ।

यो राजपथको देब्रे लेन नराम्ररी बिग्रिएको छ । लक डाउनका कारण सडकमा सवारी साविकको बेला जस्तो त्यति गुड्न भने पाएको छैन तर सडक चाँही दैनिक जसो जिर्ण बन्दै गएको छ ।

त्रिभुवन राजपथको नौ बिसे-नागढुङ्गा सडक खण्डको सबै जसो भागमा कालो पत्रे उप्किएर ठुला ठुला खाल्डा बनेको छ ।
सडक आसपासमा बसोवास गर्ने स्थानीय मानिसहरुले सडकमा उड्ने गरेको धुलोका कारण स्वास्थ्य समस्या समेत उत्पन्न हुन थालेको गुनासो गरेका छन् ।

सामान्य वर्षाको समयमा खाल्टा खुल्टीमा जम्मा हुने गरेको पानीका कारण कालो पत्रे सडक ग्रामीण सडक जस्तो बन्ने र घाम लाग्न साथ धुलाम्य हुने समस्याका कारण स्थानीयहरुले हैरानी बेहोर्नु परेको गुनासो गर्छन ।

यसो त राजमार्गमा सवारी हाँक्ने सवारी चालकहरु पनि सडकका कारण निकै समस्या आउन थालेको बताउँछन ।
सडक मर्मतसहित कालो पत्रे गर्दा ठेकेदार कम्पनीहरुले कमसल सामग्री प्रयोग गरेका कारण पनि सडकमा गरिएको कालो पत्रे लामो समयसम्म नटिकेको हो ।

सडक मर्मतका बेला अनुगमन गर्ने निकाय सडक विभागले गर्ने गरेको बेवास्था र निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीलाई विभागले कडाइका साथ निर्देशन दिन नसक्दा सडकको अबस्था दयनीय बनेको सरोकारवाला बताउँछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.