उपत्यकामा मात्रै ३०१ जना संक्रमित, देशभर ८ सय ८५ संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ३ सय १ जना संक्रमित थपिएका छन् ।
निषेधाज्ञापछि घट्दै गएको संक्रमण दर पुनः उकालो लागेको छ । नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ३ सय ८५ जना डिस्चार्ज भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्