लक्षण नभएका संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गर्न सरकारको निर्देशन

लक्षण नभएका सङ्क्रमितलाई १४ दिनमा घर नपठाए बिरामीको खर्च सरकारले नब्यहोर्ने

काठमाडौं- सरकारले लक्षणविहिन र सामान्य लक्षण भएका कोरोना सङ्क्रमितलाई १४ दिन अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

त्यस्ता सङ्क्रमितलाई १४ दिनमा घर नपठाए सरकारले बिरामीको खर्च व्यहोर्न नसक्ने स्पस्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ ।

पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्ने र, १४औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले जनाएको छ ।

लक्षणसहितका कोरोना सङ्क्रमितको संख्या दिनानुदिन बढ्न थालेसँगै सरकारले यस्तो निर्णय गरेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.