बनेपामा एकै परिवारका ७ जना संक्रमित

काभ्रे- काभ्रेमा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ ।

बुधबार मात्रै बनेपा नगरपालिका वडा नम्वर १३ मा ११ जनामा संक्रमण देखियो जसमध्य एकै परिवारका ७ जनामा कोरोना देखिएको हो ।

यो सँगै बनेपा नगरपालिकामा संक्रमण हुनेहरुको संख्या ८१ पुगेको छ ।

जिल्लामा सबै भन्दा धेरै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित छन् । हालसम्म स्पाइनल इन्जुरीमा १७, धुलिखेल अस्पतालमा ३०, शिर मेमोरियल अस्पतालमा १, बनेपामा १, भुम्लुमा १ र पनौती मा १ गरी ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

त्यस्तै बैदेशिक रोजगारबाट फर्किएका २५, अस्पतालमा विरामी भएका १२, प्रहरी २२, कानुन ब्यवसायी १, जनप्रतिनिधि १, सर्वसाधारण ६१ र कर्मचारी २ गरी १ सय ७४ जना संक्रमित छन् । जसमध्ये ६७ महिला र १ सय ७ पुरुष छन् ।

बनेपा नगरपालिका ८१, धुलिखेल ४९, पनौती १२, पाँचखाल ९, नमोबुद्ध ४, मण्डन देउपुर ३, भुम्लु ८, रोशी ३, तेमाल १, बेथान्चोक १ र महाभारतमा २ जना संक्रमित देखिएको छन् ।

जिल्लामा धुलिखेल अस्पताल, संघीय प्रहरी, स्पाईनल इन्जुरी र शिर मेमोरियल अस्पतालबाट संक्रमण फैलिएको चिकित्सकले जनाएका छन ।
संक्रमणबाट जिल्लामा दु्ई जनाको निधन भईसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.