गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिए
कास्की- आज गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ५ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा तनहूँका ९ जना, बागलुङका ८ जना, लमजुङका ४ जना, नवलपुरका ३ जना र पर्वतका १ जना छन् ।
यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ । ती मध्ये १ हजार ६ सय ६५ जना निको भइसकेका छन ।।
प्रतिक्रिया राख्नुहोस्