एशियाली बिकास बैंकको २३ अर्ब ८८ करोड ऋण सहयोग

काठमाडौं- एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई २३ अर्ब ८८ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

दक्षिण एशियाली प्रसारण लाइन विस्तारका लागि एडीबीले यो ऋण सहयोग गर्ने भएको हो ।

बिहिबार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा सचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका नेपालस्थित प्रमुख मुख्तोर खमुदखमोदले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार विकास बैंक मार्फत नै नर्वे सरकारलेपनि सोही आयोजनाका लागि ४ अर्ब १८ करोड रुपैया सहयोग गर्ने भएको छ ।

सम्झौतापछि अर्थमन्त्रालयका सचिव ढुंगानाले एडीबी नेपालको विकासका लागि मुख्य सहयोगी भएको उल्लेख गर्दै विद्युत प्रसारणको क्षमता विस्तार र विकास गर्न अहिलेको सम्झौता फलदायी हुने बताउनुभयो ।

एडीबीका नेपालस्थित प्रमुखले मुलुकका सबै क्षेत्रमा विद्युत पुर्‍याउनका लागि सम्झौता फलदायी हुने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.