डडेल्धुरामा काठ तस्करी बढ्दो

डडेलधुरा- डडेल्धुराको भित्रि मधेशमा विकास निर्माणका नाममा काठको तस्करी बढेको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्वर ८ मा सडक निर्माणका नाममा काटिएका १ सय ५२ थान सालका गोलिया डिभिजन वन कार्यालय डडेल्धुराले वरामद गरेको हो ।

वडा नम्वर ८ को गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडक निर्माण गर्ने क्रममा सालका रुख काटी गोलिया बनाएर लुकाई छिपाई राखेको अवस्थामा वरामद गरेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवल वोहराले वताउनुभयो ।

यहाँको रजनी सामुदायिक वन र सोही क्षेत्रमा रहेको राष्ट्रिय वनमा नेपाल सरकार र आलिताल गाउँपालिकाको वजेटबाट करिव ६ किलोमिटर सडकको निर्माण उग्रतारा कन्ट्रक्सनले गरेको हो ।

सडक निर्माण भएको सामुदायिक वनका अध्यक्ष सहित एक जना स्थानीयलाई डिभिजन वन कार्यालय डडेलधुराले पक्राउ गरी छानविन शुरु गरेको छ ।

स्थानीय तहदेखि वन कर्मचारीको मिलेमतो हुन सक्ने भएकाले निश्पक्ष छानविन हुनुपर्ने स्थानीयको माग छ । सडक निर्माण गर्दा प्रयोग गरिएको डोजरले सालका रुख ढालेको थियो ।

वन क्षेत्रमा सडक निर्माण गर्दा अनिवार्य रुपमा प्रारम्भिक वातवरणीय प्रभाव मुल्याङ्कन गरिनुपर्ने भएपनि प्रक्रिया झनझटिलो हुने भन्दै स्थानीय तहले भने मनपरि रुपमा सडक निर्माण गर्ने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.