काठमाडौं उपत्यकामा संक्रमणको उकालो, उपत्यकामा ३ सय ७७, देशभर संक्रमित ११११

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ३ सय ७७ जना संक्रमित थपिएका छन् ।

निषेधाज्ञापछि घट्दै गएको संक्रमण दर पुनः उकालो लागेको छ । नियमित प्रेस ब्रिफिङमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ५ सय ६९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.