धनकुटामा १९ जना कोरोना संक्रमित थपिए

धनकुटा– धनकुटामा शनिबार एकैदिन १९ जना कोरोना संक्रमित थपिएका छन्। बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
धनकुटामा एकैदिन संक्रमण पुष्टि भएको यो नै अहिलेसम्मको ठूलो संख्या हो। संक्रमण पुष्टि हुनेमा १३ प्रहरी, दुरसञ्चार प्राधिकरणका कर्मचारी ४ जना र र २ जना सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिनुभयो। संक्रमित सबै पुरुष रहेका छन। संक्रमित प्रहरीहरु भने हालै सरुवा भएर धनकुटा आएका हुन्।
धनकुटामा योसँगै धनकुटामा हालसम्म कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ३९ पुगेको छ। जसमध्ये १७ जना निको भइसकेका छन भने २ जनाको मोरङको गोठगाउँमा र एक जनाको बिराटनगरमा रहेको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ।
धनकुटामा पछिल्लो समय थपिएका १९ जनालाई धनकुटामै राखेर उपचार गरिने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईंले जानकारी दिनुभयो।






प्रतिक्रिया राख्नुहोस्