उपत्यकामा संक्रमितको संख्या स्वाट्टै घट्यो, देशभर संक्रमितको संख्या ८ सय ८४

काठमाडौं– काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या स्वाट्टै घटेको छ । शुक्रबार ४ सय १५ जना संक्रमित रहेकोमा उपत्यकामा शनिबार १ सय ८६ जना मात्रै संक्रमित भए ।

नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । ११ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.