नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ पुरुष र ३ महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शनिबार दिएको जानकारी अनुसार पर्सा र ललितपुरमा दुई–दुई तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरमा एक–एक जना गरी ९ जना पुरुषको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र पाल्पामा एक–एक जना महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.