नेपाली सेनाका जवान आँफैले गोली हानेर आत्महत्या

काठमाडौं- नेपाली सेनाको जंगी अड्डामा कार्यरत एक जना जवानले आज आत्महत्या गरेका छन । आज बिहान २:४५ बजे तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका उनले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको स्थायी कार्य विधी बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रि.वि.शिक्षण अस्पतालमा पठाएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको समेत निर्देशनालयले जनाएको छ । आत्महत्या गर्ने जवानको नाम खुलाइएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.