पर्सामा थप ५० जनामा कोरोना संक्रमण

पर्सा- नारायणी अस्पतालको प्रयोगशालामा प्रदेश नम्बर २ को विभिन्न स्थानबाट आएका स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा
थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितहरु प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट,
महोत्तरी, धनुषा, सर्लाही र काठमाडौंका बासिन्दा हुन । अस्पतालमा शुक्रबार ४ सय ४३ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा ५
महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो । नारायणी अस्पतालले आज अबेर राति सार्वजनिक गरेको विवरण
अनुसार पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा सङ्क्रमण
देखिएको छ । जसमा पोखरियाका १० जना, कालीकामाईका ३ जना र बाँकी सबै वीरगञ्जको बिभिन्न वडाका बासिन्दा हुन ।
त्यसैगरी बाराका ८ जना धनुषाका ४ जना, महोत्तरीका ३ जना, रौतहटका १ जना, सर्लाहीका २ जना र काठमाडौंका १ जनामा
पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमितमा १५ वर्षका युवादेखि ५६ वर्षका वृद्धसम्म रहेको
नारायणी अस्पतालका प्रवक्ता डाक्टर अटुलेशकुमार चौरसियाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.