भरतपुरमा ७५ शैयाको आइसोलेशन वार्ड स्थापना
चितवन– चितवनमा कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिका- १ को योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा आइसोलेशन वार्ड स्थापना गरिएको छ ।
भरतपुर महानगरपालिका र योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको सहयोगमा ७५ बेडको आइसोलेशन वार्ड स्थापना गरिएको हो ।
चितवनमा रहेको अस्पतालहरुमा कोरोना भाइरस संक्रमितहरुको चाप थेग्न नसक्ने अबस्था आएपछि कोरोना भाइरस संक्रमित तर लक्षण नभएका बिरामीहरुलाई राख्ने महानगरपालिकाको तयारी छ ।
लक्षण भएका बिरामीहरुलाई भने अस्पतालमा नै उपाचार गरिने भरतपुर महानगरपालिकाले जनाएको छ।
यो आइसोलेशनमा रहेका कोरोना भाइरस संक्रमितलाई योग प्रणायामका साथै प्राकृतिक तरिकाबाट उपचार गरिने चिकित्सालयका डाक्टर हेमराज कोइरालाले जानकारी दिनुभयो ।
हाल चितवनमा कोरोना भाइरस समुदायस्तरमा फैलिएको कारण संक्रमितको सख्या बृद्दी हुँदै गएको छ ।।






प्रतिक्रिया राख्नुहोस्