मुस्लिम धर्मावलम्बीहरुको मोहर्ररम पर्व आज

पर्सा- मुस्लिम धर्मावलम्बीहरुको महान पर्व एवम् नयाँ वर्षको रुपमा मानिने मोहर्ररम दिवस आज विरगंजमा घरघरमा नै
मनाइएको छ ।
मुस्लिम धर्मावलम्बीहरुले चौंथो र अन्तिम पर्वको रुपमा मनाउने मोहरर्रम पर्व कोरोना भाइरसको संक्रमणको
त्रासले गर्दा मनाउन पाएनन ।
प्रत्येक वर्ष मुस्लिम समुदायले यो पर्वलाई धुमधामका साथ लाठी तरवारको खेल खेल्दै
बिरगंज नगरभरि उत्साहका साथ मनाउने गर्थे ।
यसपाली बिरगंजमा कोरोना संक्रमितहरुको संख्या बढी
देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले यस्तो बिषम परिस्थितिमा कुनैपनि सामुदायले चाड पर्व आफनो घरमा
नै मनाउन पटकपटक उर्दी जारी गरेको थियो ।
त्यसैले मुस्लिम धर्मावलम्बीहरुले मोहरर्रम पर्व गएको वर्ष झैं यस बर्ष नमनाउने भन्दै समुदायका अगुवाहरुले पत्राचार गरेका थिए ।
हसन हुसैनले धर्मको लडाइँमा लड्दा जंङ्गलको मैदानमा शहादत हुनु भएको दिन आज मुस्लिम धर्मावलम्बीहरुले हसन हुसैनको
सम्झनामा यो पर्व मनाउँने परम्परा रहेको छ । यस अवसरमा मुस्लिम महिला तथा पुरुषहरुले दुई दिन व्रत लिन्छन ।
मोहर्ररमको ताजियालाई गन्तव्यतर्फ लगी विसर्जन गरी सुर्यास्त हुँदै व्रत बसेकाहरुले प्रसाद ग्रहण गरेपछि यो पर्व समापन हुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्