कालिकोटको तिलागुफामा पहिरो जाँदा १ जनाको मृत्यु, ७ जना बेपत्ता
![](https://nepaltvonline.com/wp-content/uploads/2020/08/kalikot.jpg)
कालिकोट- कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरोले पाँच घर पुरिँदा १ जनाको मृत्यु भएको छ ।
आज बिहान गएको पहिरोमा परी पुरिएको अवस्थामा एक जनाको शव फेला परेको छ भने दुई जना घाइतेको उद्धार गरिएको छ ।
पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको हो । कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा ३० मिटरमाथिबाट खसेको पहिरोबाट पाँच घर पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोमा सात जनाभन्दा बढी स्थानीय वेपत्ता छन । पहिरोले पुरिएका घरहरुमा वेपत्ताहरुको खोजी गर्न प्रहरी चौकी नाग्मका प्रहरी र स्थानीयले खटिएको डिएसपी ओलियाको भनाइ छ ।
टेलिफोनको सुविधा नभएको नाग्म बजारमा पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । पहिरोमा परी घाइते दुई जनालाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्