नेपालमा कोरोनाबाट पहिलोपटक एकैदिन १४ जनाको मृत्यु

काठमाडौं– कोभिड १९ बाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । एकदिनमा मृत्यु हुनेको संख्या हालसम्मकै यो ठूलो संख्या हो ।
मृत्यु हुनेमध्ये ४ जना महिला र १० जना पुरुष रहेका छन् । मृत्यु हुनेमा सुनसरीका २, महोत्तरीका ३, रुपन्देहीका २, बारा, मोरङ, रौतहट, ललितपुर, काठमाडौ, भक्तपुर र नवलपरासीका १(१ जना रहेका छन् । योसँगै हालसम्म मृत्यु हुनेको संख्या २ सय२१ पुगेको छ ।
आइतबार १२ सय २१ नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएकोमा १२ सय २१ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ४ सय २९ जना संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना थपिएका हुन् । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ पुगेको छ भने विगत २४ घण्टामा संक्रमणमुक्त भइ २ सय ६७ जना डिस्चार्ज भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्