मेची अस्पतालमा दुईदिनदेखि पिसिआर परीक्षण अबरुद्ध

झापा- झापाको मेची अस्पतालमा हुँदैआएको पिसिआर परीक्षण सेवा रोकिएको छ । प्रयोगशालामा आवश्यक पर्ने पिसिआर प्लेटको प्लास्टिक कभर सकिएपछि दुईदिन देखि पिसिआर परिक्षण रोकिएको हो ।

स्वीस् सरकारबाट प्राप्त पिसिआर मेसिन अन्य मेसिन भन्दा फरक भएकाले प्लेट कभर आवश्यक पर्ने प्रविधिकको भनाई छ ।

कोरोना परिक्षण सेवा रोकिएको प्रदेश सरकारलाई जानकारि गराईसकिएको र पिसिआर प्लेट कभर प्राप्त हुनासाथ सेवा पूर्ववत सन्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.