चीनको लिन्फेन शहरमा २ तले भवन भत्किंदा २९ जनाको मृत्यु

काठमाडौं- चीनको लिन्फेन शहरमा २ तले भवन भत्किदा २९ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
चीनको सरकारी सञ्चार माध्यमका अनुसार जन्मदिनको उत्सव मनाइरहेका मानिसहरु हताहतिमा परेका हुन् ।
आपत्कालिन व्यवस्थापन मन्त्रालयले उद्दार कार्य सकिएको तर भवन भत्किनुको कारण भने अझै पत्ता नलागेको जनाएको छ ।
सरकारले दूर्घटनाको छानविन गर्ने बताएको छ । शाङ्जी प्रान्तमा पर्ने लिन्फेन शहर बेइजिङ्गबाट ६ सय ३० किलो मिटर दक्षिण पश्चिममा पर्दछ ।-






प्रतिक्रिया राख्नुहोस्