पर्सामा २४ जना कोरोना संक्रमित थपिए
पर्सा- नोबेल कोरोना भाइसरका २४ जना नयाँ संक्रमित आज पर्सामा भेटिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परिक्षणको रिर्पोटमा २२ जना पुरुष र २ जना महिला संक्रमित पुष्टी भएको हो ।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरिएको १ सय ९२ वटा स्वाबको नमुना परिक्षण गर्दा पर्साबाट २४ जना र बाराबाट १ जना गरि कुल २५ जना संक्रमित भेटिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश प्रसाद चौरसियाले जानकारी दिनुभयो ।
उहाँले सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाको विभिन्न वडाबाट १८ जना र पर्साको ग्रामिण भेगबाट ६ जना संक्रमित भेटिएको बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको वडा नं. ३२ बाट ८ जना, वडा नं. २१बाट ५ जना, वडा नं. २९बाट २ जना, वडा नं. १६बाट १ जना र वडा नं. खुल्न नसकेको १ जना संक्रमित भेटिएको प्रवक्ता चौरसियाले जानकारी दिनुभयो ।
उहाँले पर्साको कालिकामाई गाँउपालिकाको वडा नं. १ बाट ५ जना र ठोरी गाँउपालिकाको वडा नं. १ सुर्वणपुरबाट १ जना संक्रमित भेटिएको बताउनुभयो ।
यससँगै पर्सामा संक्रमितको संख्या २ हजार ६ सय ७ पुगेको छ भने २ हजार १ सय ३३ जना संक्रमण मुक्त भई घर फिर्ता भएका छन् ।
नोबेल कोरोना भाइरसको संक्रमण कै कारण पर्सामा हालसम्म ४५ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्