ललितपुरमा नगरप्रहरीको साइकल गस्ती

ललितपुर- ललितपुर महानगरपालिकाले  सुन्दर र स्वच्व नगर बनाउने उद्येश्यका साथ आजदेखि नगर प्रहरीलाई साइकल गस्तीमा परिचालन गरेको छ ।

साइकल गस्तीको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले वातावरणलाई समेत मध्य नजर राख्दै साइकल गस्तीले मुख्य सडकमा मात्र नभई गल्ली-गल्लीमा हुने बिकृतिको अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

महानगरभित्र रहेका गल्लीहरुमा हुने फोहर, अब्यवस्थित रुपमा थुपारेका निर्माण सामाग्री, सडक अतिक्रमण जस्ता गतिबिधीलाई रोक्न क्यामेरासहितका नगर प्रहरीले गल्ली गल्लीमा गस्ती गरी नियम बिपरित कार्य गर्नेलाई कारवाही गर्ने नगर प्रहरी प्रमुख सिताराम हाछेंथुले जानकारी दिनुभयो ।

दैनिक १० जना नगर प्रहरीले बिहान ९ बजेदेखि ५ बजेसम्म  साइकल गस्ती गर्ने महानगरपालिकाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.