नेपालमा करिव साढे पाँच महिनापछि आजबाट अन्तर्राष्ट्रिय हवाइ उडान हुँदै

एक महिनाको अवधिमा ६० वटा नियमित र २७ वटा चार्टर उडान हुने

काठमाडौं- नेपालमा करिव साढे पाँच महिनापछि आजबाट सिमित संख्यामा अन्तर्राष्ट्रिय हवाइ उडान हुँदैछ ।

कोभिड-१९ भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गत बर्षको चैत ११ गते लकडाउन गरेसंगै नियमित अन्ताराष्ट्रिय उडान बन्द थियो ।

तर कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक सामाग्री र उद्धार उडानहरु भने भएका थिए । तर आजबाट स्वास्थ्य मापदण्डको पालना गरी पिसिआर परिक्षण हुने मुलुकहरुबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको हो ।

दैनिक आठसयसम्म यात्रु र एक महिनाको अबधिमा ६० वटा नियमित र २७ वटा चार्टर उडान हुने गरी आजबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरु गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एक–अर्को उडानबीचको समय, यात्रु आवागमन लगायत विषयमा विभिन्न प्रोटोकल बनाएर उडान गरिने छ । यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, विश्व स्वास्थ्य संगठन र प्राधिकरण आफ्नै मार्गनिर्देशनको समेत अवलम्बन गरिने भएको छ ।

उडान हुनु ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुहरूले मात्र उडान अनुमति पाउनेछन् । सम्बन्धित एयरलाइन्सले पिसिआर परिक्षण समयको सुनिश्चितता गरेर मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने व्यबस्था गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.