इन्द्रजात्रा आज

काठमाडौं– प्रत्येक वर्ष भाद्र चर्तुदशीका दिन पर्ने इन्द्र जात्रा आज वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी परम्परागत रूपमा मनाइँदैछ ।

यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका हर्षोल्लासपूर्वक मनाउने परम्परा छ । विशेषगरि काठमाडौं लगायत ललितपुर, दोलखा, भक्तपुर, धुलिखेल, आदी स्थानमा बसोबास गर्ने नेवार समुदायले इन्द्रजात्रा पर्व मनाउने गर्दछन् । जात्राका अवसरमा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । इन्द्रजात्राको शुरुआत राजा जयप्रकाश मल्लले गरेको इतिहास छ ।

हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरु हुन्थ्यो । यसपटक भने कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण इन्द्रजात्राका सबै विधि र कार्यक्रमको स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.