घाँटीबगर पुग्यो नेपाली सेना

काठमाडौं– नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४ सय ६० मिटर गोरेटो बाटो निर्माण गरेको छ ।

यही भदौ मसान्तभित्रै ५५० मिटर सो गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

बाटो खुलेसँगै व्यासका बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास लिइएको छ । पछिल्लो समय कोभिड–१९ का कारण सीमा नाका बन्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटोको प्रयोग गर्न पाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.