वीरगंजमा थप एक संक्रमितको मृत्यु

पर्सा- वीरगंजमा कोरोना पुष्टि भईअस्पताल भर्ना भएका एक जना बृद्धको आज बिहान मृत्यु भएको छ । उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का स्थानीय बासिन्दा हुन । श्वासप्रश्वास लगायत कलेजो सम्बन्धी समस्या र हाइपरटेन्सन जस्ता अन्य दीर्घ रोगबाट ग्रसित उनमा कोरोना पुष्टि भएपछि भदौ १३ गते नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । विगत तीन दिनदेखि आइसीयूमा उपचार गराइरहेका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो । मृतकको कुनै ट्राभल हिस्ट्रि छैन । यो सँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३७ पुगेको छ ।जसमध्ये एक जनाको पहिचान खुलेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.