“कालिगण्डकीको सेरोफेरो” एनटीभी प्लसबाट प्रसारण हुँदै

काठमाडौं- यही भाद्र २१ गतेदेखि “कालीगण्डकीको सेरोफेरो” नामक टेलिफिल्म एनटीभी प्लसबाट प्रसारण हुने भएको छ । २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो ।

“कालीगण्डकीको सेरोफेरो” नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो ।

२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो”ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय ,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा-ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दार प्रयास गरेको छ ।

हरेक हप्ता ४ दिन आइतबार, सोमबार, मंगलबार र बुधबार  बेलुकी ९:३० बजे प्रसारण हुने  र त्यसको पुन: प्रसारण बिहान ८ बजे हुने एनटीभी प्लसका प्रमुख रविन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल टेलिभिजनका पुराना र लोकप्रिय टेलिश्रृङ्खलाहरुलाई नयाँ पुस्ताका दर्शकहरुमाझ पुर्‍याउने उदेश्यका साथ यो टेलिश्रृङ्खला प्रविधि रुपान्तरण गरी प्रसारण गर्न लागिएको हो ।

एनटीभी प्लसबाट अहिले हरेक बिहिबार र शुक्रबार बेलुकी ९ बजे चर्चित पुरानो टेलिश्रृङ्खला “अविरल बग्दछ इन्द्रावती” प्रसारण भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.