काठमाडौं उपत्यकाको निषेधाज्ञा अब के हुन्छ ? ( प्रजिअ दाहालको भिडियो)

काठमाडौं- उपत्यकामा लागु भएको दुई हप्ता लामो निषेध आदेशको समय भोलि बुधबार राति बाह्र बजे सकिँदैछ । कोभिड १९ महामारी नियन्त्रण गर्ने उद्येश्यले जारी गरिएको निषेध आदेशबाट महामारी रोक्ने दिशामा सकारात्मक प्रभाव परेको बिश्वास आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालयको छ ।

तर निषेध आदेशका कारण जनजीवन उत्पन्न समस्याप्रति पनि ति कार्यालयहरुले उत्तिकै गम्भीर चिन्ता र चासो लिएका छन । निषेध आदेशका क्रममा पनि कोभिड संक्रमितहरुको सँख्यामा कमी भने आएको छैन । करिव तीन महिना लामो लकडाउन खुकुलो पारेसँगै कोभिड १९ महामारी ब्यापकरुपमा फैलिएको अनुभव सरकारसित छ ।

महामारी फैलनबाट रोक्ने कार्यमा निषेध आदेशबाट पुगेको सहयोग प्राबिधिक बिष्लेषणका क्रममा छ । तर जनजीवनमा न्युन दुष्प्रभाव पर्ने गरी महामारी नियन्त्रणका उपायहरु खोज्न सरकारी निकायहरु सकृय छन । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरोकारवाला सबै पक्षसित गहन छलफल गरी महामारी नियन्त्रणको नयाँ मोडेल तयार गर्ने प्रयास भैरहेको बताउनुभएको छ ।

कोभिड १९ महामारी नियन्त्रणमा जनस्तरबाट देखाइएको सजगताको काठ्माण्डौं जिल्ला प्रशासन कार्यालयले सराहना गरेको छ । महामारी अझै बढ्ने क्रममा रहेको हुँदा सर्वसाधारणबाट थप सावधानीको अपेक्षा पनि सो कार्यालयले गरेकोछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.