कोरोना संक्रमण उत्कर्षमा पुगेको बेला भारतमा कलेजस्तरीय परीक्षा शुरु
काठमाडौं- भारतमा कोरोना भाईरसको संक्रमण उत्कर्षमा पुगिरहेको बेला कलेज स्तरीय परिक्षा शुरु भएको छ ।
भारतको सर्बोच्च अदालतले विद्यार्थीको बार्षिक परीक्षा रोक्न नमिल्ने आदेश जारी गरेपछि परीक्षा शुरु भएको हो । इन्जिनियरिङतर्फको परीक्षामा ८ लाख ५० हजार विद्यार्थी सहभागि छन् ।
भारतमा २५ लाख विद्यार्थीको कलेजस्तरीय प्रवेश परीक्षा लिईने भएको छ । भारतमा हाल ३६ लाखलाई कोरोना संक्रमण भएको छ । पहिलो चरणको ६ दिनको परीक्षा ६ सय ६० केन्द्रमा सावधानीका साथ लिने तयारी गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्