मोरङमा खुकुलो प्रावधानसहित एकसाता निषेधाज्ञा थप
मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर लगाएको निषेधाज्ञालाई एक साता थप गरेर भाद्र २२ गते राति १२ बजे सम्म लम्ब्याउने निर्णय गरेको छ ।
पछिल्लोपटक खुकुलो प्रावधानसहित लगाएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सकिंदैछ । भाद्र ५ गते देखि जिल्ला प्रशासन कार्यालय मोरङले मोरङका ४ वटा पालिकाहरुबाट निषेधाज्ञा लगाउन शुरु गरेको थियो ।
दिउँसो १२ बजेसम्म बजार पसल खुला हुँदै आएकोमा अब ४ बजेसम्म बजार पसल खोल्न पाइने भएको छ । यसैगरी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
खुकुलो बनाउँदै लगिएको निषेधाज्ञामा र्सार्वजनिक सवारी साधन संचालनमा रोक लगाइएकोमा सिटी रिक्सा संचालन खुला गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।
स्थानीय प्रशासन ऐन २०२८ बमोजिम लगाइएको निषेधाज्ञामा जिल्लाभरी राति ९ बजे देखि विहान ५ बजेसम्म हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।-
प्रतिक्रिया राख्नुहोस्