टेलिकमले विद्यार्थीका लागि न्यूनतम मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने

काठमाडौं- कोभिड-१९ महामारीका कारण शिक्षाबाट बञ्चित विद्यार्थीहरुको राहतका लागि नेपाल टेलिकमले न्यूनतम मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

सो सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ ।

सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मूल्यको ‘ह्याप्पीलर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् ।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच मिति २०७७ भदौ ८ मा सम्झौताभई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पीलर्निङ प्याक’ आजैका मितिदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौताभएको नेपाल टेलिकमले जनाएको छ ।

सो प्याकेजका प्रयोगकर्ताले ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नकालागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.