भैरहवामा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु
रुपन्देही- कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।
रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिनुभयो ।
कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरिएको थियो ।
हाल भीम अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । डा पोखरेलका अनुसार आइसीयुमा चार र सामान्य वार्डमा १७ सङ्क्रमितको उपचार भइरहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्