किसानलाई तत्काल सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन माग
काठमाडौं- फोर एच नेपालले किसानले लामो समयसम्म लाइन बसेर पर्खिदा पनि नेपाल सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरेकोछ ।
अध्यक्ष लोकराज अवस्थीले बुधबार वक्तव्य जारी गर्दै किसानहरुले रासायनिक मलको माग गर्द पनि बेलैमा सुनुवाई नभएकोले किसान मार्कामा परेको उल्लेख गर्नुभएको छ । बक्तव्यमा भनिएको छ, ‘झापा, मोरङ्ग, सप्तरी, धनुषा, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा हप्तौंदिनदेखि किसानहरु मलको लागि लाइनमा बस्दा पनि मल नपाउनुले सरकार किसानप्रति कति संबेदनशील छ भन्ने कुरा प्रस्ट हुन्छ ।’
गएको यही असार महिनामा पनि धान रोपाइँ गर्दाको बेला पनि किसानले आवश्यक प्रयाप्त मात्रमा मल पाउन सकेका थिएनन् । अहिले पनि सरकारसँग प्रयाप्त समय हुँदाहुँदै पनि कमजोर व्यवस्थापनका कारण धानबालीमा टप ट्रसिङ्ग गर्ने बेलामा पनि रसायनिक मलको अभाव देखिनुले सरकारको व्यवस्थापिकीय कमजोरी भएको उक्त वक्तव्यमा जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्